पर्यटनको विकास सरकारले मात्र गर्न सक्दैन् :मन्त्री पाण्डे
२०८१ पुष १६ गते मंगलवार
- अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना भएता पनि उपयोग गर्न सकेका छैनौ । एकदमै झिनो मात्रामा देशको जिडिपी र स्वरोजगारीमा न्यून योगदान रहेको छ
काठमाडौं पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको प्रसस्तै सम्भावना भएता पनि उपयोग भने गर्न नसकिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डको २६औं बार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्र माथि पुग्नको लागि कुरा भन्दा पनि परिणाममुखी काम गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना भएता पनि उपयोग गर्न सकेका छैनौ । एकदमै झिनो मात्रामा देशको जिडिपी र स्वरोजगारीमा न्यून योगदान रहेको छ । त्यसैले हामीले भन्ने कथाजस्तो वा पूराण वाचनजस्तो पर्यटन क्षेत्रबाट निकै माथि पुग्छौ भन्ने कुराहरु पटक पटक भन्छौ तर यसको कुनै अर्थ छैन् । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ ।’
साथै उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारको तर्फबाट मात्र सम्भव नहुने भन्दै यसका लागि सरकार र निजी क्षेत्रलाई जोडेर काम गर्न नेपाल पर्यटन बोर्ड खडा भएको बताए ।
उनले भने,‘अब पर्यटन क्षेत्रको विकास गर्न केवल सरकार मात्रै सक्षम छैन् । यसका लागि निजी क्षेत्र जोडिनुपर्छ । सरकार र निजी क्षेत्रलाई जोडेर एउटा सम्बोधनको काम गर्ने एउटा संस्था चाहिन्छ त्यो संस्था नेपाल पर्यटन बोर्ड हुनसक्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’